‘गुगल नभई भूगोल’को आधारमा गाउँपालिकाको केन्द्र तोक्न भन्दै ताकमबासी आन्दोलनमा
म्याग्दी - म्याग्दीमा प्रस्तावित धौलागिरी गाउँपालिको केन्द्र गुगलबाट नभएर भूगोलको आधारमा तोकिनुपर्ने ताकमबासीले माग गरेका छन् । स्थानीय तह पुर्नसंरचना आयोगले धौलागिरी गाउँपालिकाको केन्द्र ताकम कि मुना भन्ने बिकल्पमा गुगलको आधारमा अस्थायी केन्द्रको रुपमा मुनालाई तोकेको भन्दै ताकमबासीले भूगोलको आधारमा गाउँपालिकाको केन्द्र ताकमलाई बनाउन माग गरेका हुन् ।
धौलागिरी गाउँपालिकामा समाबेश गाविसहरुको भौगोलिक बनावट, सरकारी संरचना, बस्तीविकासको सम्भावना लगायतको आधारमा ताकमलाई केन्द्र बनाईनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी प्रेमराज गिरि मार्फत मन्त्रिपरिषद र स्थानीय विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् ।
ताकमका स्थानिय राजनीतिक दल आमासमुह, युवा क्लब, स्थानीय सघंसस्थाका प्रतिनिधिहरुले प्ले कार्ड सहित जिल्ला प्रशासन र जिविस कार्यालयमा दवाब दिएका दिदै ज्ञापन पत्र बुझाएका थिए । आयोगले गुगलको आधारमा गाउपालिकाको केन्द्र तोक्नु गैरजिम्मेवारपन र अव्यवहारिक रहेकाले आफुहरु भुगोलको आधारमा गाउँपालिकाको केन्द्र ताकमलाई तोक्नुपर्ने माग सहित आन्दोलित बनेको ताकमका रिसिराम सुवदीले बताए ।
धौलागिरी गाउँपालिकाको केन्द्र ताकमलाई बनाउनुपर्ने भन्दै ताकम, मराङ, मल्कवाङ सहित मुदीको चार वटा वडाका स्थानीयले सरोकारवालाहरुलाई दबाब दिएको उनको भनाई छ ।
ताकम केन्द्र माग गरेका स्थानीयले आफुहरुको माग सम्बोधन भएएसम्म निरन्तर रुपमा दबाब सृजन गर्न आन्दोलन गरिरहेको बताएका छन् । यस म्याग्दीकै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउनुपर्ने भन्दै त्यस क्षेत्रका स्थानीयले समेत आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले समेत आयोगले अबैज्ञानिक तवरले गुगोलको आधारमा अस्थायी केन्द्र तोकेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण