नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह
काठमाडौँ - ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् ।
युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिए । ‘वल्र्ड फ्युचर इनर्जी समिट २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) मा भाग लिन युएइ पुगेका मन्त्री शर्माले कम्तीमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत् विकासको राम्रो सम्भावना रहेकाले त्यसमा लगानी गर्न युएइ सरकारलाई अनुरोध गरे ।
युएइका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युत्, कृषि र पर्यटनमा लगानी गर्न आफूहरु पनि इच्छुक रहेको स्पष्ट गर्दै दिगो ऊर्जा विकासका लागि जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिए।
शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माले भाग लिइरहेका छन् । सम्मेलनमा सन् २०५० सम्ममा बायोग्यास र सौर्य ऊर्जाको उत्पादन बढाएर ९० प्रतिशत पु¥याउने र अन्य परम्परागत ऊर्जालाई १० प्रतिशतमा सीमित पार्ने लक्ष्य कार्यान्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ । एक सातासम्म चल्ने सम्मेलनमा १५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीले भाग लिएका छन् ।
यसैबीच ऊर्जामन्त्री शर्मा अबुधाबीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशील मञ्च युएइ र नेपाली बिजनेस काउन्सिलले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक भएको उनका स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण