प्रेमीसँग भागेको भन्दै छोरीलाई जिउँदै जलाउने आमालाई मृत्युदण्ड
इस्लामाबाद – आफ्नो छोरीलाई जिउँदै जलाएको आरोपमा पाकिस्तानमा एक महिलालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
प्रविन बिबीले लाहोरमा रहेको अदालतमा ‘आफ्नो छोरीले परिवारको साख गिराएको’ भन्दै उनलाई जलाएको स्वीकार गरेको प्रहरी प्रवक्ता नबिला घजानाफरले सिएनएनलाई बताइन् ।
प्रविनका छोरा अहमर रफिकलाई अपराधमा संलग्न रहेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
सन् २०१६ को जुनमा १८ वर्षीय जिनत रफिकलाई उनको आमा र दाजु मिलेर आगो लगाई हत्या गरेका थिए । उनमाथि परिवारको मर्जीविपरित युवकसँग प्रेम गरेर भागेको आरोप लगाइएको थियो ।
जिनत आफ्नो पतिसँग एक महिना बसेपछि लाहोरस्थित आफ्नो घरमा आमासँग भेट्न र सम्झाउन फर्किएकी थिइन् ।
तर, उनी घर पुग्ने बित्तिकै उनको आमा र दाजुले कुटपिट गर्दै खाटमा बाँधेर पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।
प्रविनले प्रहरीसमक्ष आत्मसमर्पण गरे पनि आफ्नो कार्यप्रति कुनै पश्चताप नभएको बताएकी थिइन् ।
गत अक्टोबरदेखि यस्तो ‘अनर किलिङ’ बारे नयाँ कानुन लागु भएको छ । जस अन्तरगत प्रविन वा उनको छोरा माफीका लागि योग्य हुनेछैनन् ।
परिवारका सदस्यले माफी दिए पनि उनीहरुले पूरै सजाय भोग्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण