रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई (हेर्नुहोस् ९ तस्विर)
काठमाडौँ - नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिसले आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
आर्मीले दिएको १४३ रनको लक्ष्यलाई पुलिसले १९ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै, कुशल भूर्तेलले नटआउट ३४, दिलीप नाथले २४ तथा योगेन्द्रसिंह कार्कीले ११ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४२ रनको योगफल बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४०, राजेश पुलामीले ३८, नरेश बुढाऐरले २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले नटआउट १५ रन जोडे ।
आर्मीलाई १४२ रनमा समेट्ने क्रममा पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान दुई/दुई विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान एक/एक विकेट हात पारे ।
आर्मीका जीतेन्द्र मुखिया र विक्रम सोबले समान दुईरदुई विकेट लिएका थिए । उपाधिसँगै पुलिसले रु तीन लाख हात पा¥यो । त्यस्तै उपविजेतामा सीमित बनेको आर्मीले रु दुई लाख प्राप्त ग¥यो ।
काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण