६५ बर्षीय शैलीको घरमा भेटियो ४५ लाखको मोवाईल
सर्लाही– त्रिभुवननगर–३ बस्ने ६५ बर्षीय शैली देबीको घरबाट प्रहरीले करीव ४५ लाख १४ हजार रुपैयाँ बराबरको ३ हजार १ सय ८९ थान अवैध मोवाइल बरामद गरेको छ । सैली देवीको घरमा प्रतिबन्दीत चाईनिज मोबाइलहरु नेपालबाट भारततर्फ लैजानको लागि राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले सोमबार उनको घर तलासी गर्दा विभिन्न कम्पनीको उक्त मोबाइल बरामद गरेको हो । बरामद मोवाइलहरु भन्सार कार्यालय पथलैयामा बुझाएको बताईएको छ । यसैबीच धनुषाधाम नगरपालिका–१ इनवार धनुषाधाम सडक खण्डमा ज.१ त २६५९ नम्बरको ट्याक्टर मंगलबार अनियन्त्रित भई सडकबाट अदाजी २० फिट तल खसेर दुर्घटना भएको छ ।
दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर चालक सोही नगरपालिका–१ गोबिन्दपुर बस्ने २५ बर्षीय श्रीनारायण सदा, सिरहा गोलबजार बस्ने २२ बर्षीया निजनी खातुन र उनको डेढ बर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण