१५ औँ आहा रारा गोल्डकपमा आयोजक सहाराको गोलको बर्षा
पोखरा – पोखरा रगंशालामा आज देखि शुरु भएको १५ औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी भएको छ ।
आयोजक सहारा क्लब पोखराले सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकीलो अन्तरले हराएको छ । सहाराले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गर्यो ।
सहाराका लागि पहिलो गोल ५ औ मिनेटमा मार्टिनले गोल गरे उनले दोस्रो हाफमा ३६ औ मिनेटमा पुन गोल गर्दै आफ्नो खातामा दुई गोल बनाएका थिए । । दोस्रो गोल खेलको २६ औ मिनेटमा रिचार्ज पुनले गरे ।
त्यसै गरि तेस्रो गोल ३७ औ पिटर सेगुनले गरेका छन् ।
भोलीको खेल माघ ५ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबबीच हुने आयोजक सहारा क्लबले जनाएको छ । आयोजक सहारा क्लब पोखराले अब माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारको लागि प्रतिश्पर्धा गर्ने छ ।
प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।
उपविजेतलाई दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । खेलको उद्घाटन नेपाल सरकारका मुख्य सचिव डाक्टर सोमलाल सुवेलीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण