कुनै लक्षण नदेखिई बिग्रिन सक्छ मिर्गौला, कसरी ? जान्नुहोस्
मिर्गौला बिग्रिएर जीवनमा तनाव भोगेका व्यक्ति धेरै भेटिन्छन् । विभिन्न कारणले मिर्गौला बिग्रिन्छ । तर, समस्या के भने कुनै लक्षण नै नदेखाई मिर्गौला बिग्रिन सक्छ । झुक्किएर मिर्गौला गुमाउनुपरेको पनि धेरै भेटिन्छन् । खासगरी दीर्घरोगीहरूको मिर्गौला कुनै लक्षण नै नदेखिई बिग्रिन सक्छ ।
डा. पुकारचन्द्र श्रेष्ठ
मिर्गौलारोग विशेषज्ञ
स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा लक्षण देखिन्छन् । तर, यी लक्षण पत्याउनै नसकिने हुन सक्छन् ।
मतलब मिर्गौलामा नभएर अन्य समस्या भएकोजस्तो लाग्छ, जस्तै : उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहनेजस्ता लक्षण देखिन्छन् ।
० सामान्य व्यक्तिमा मिर्गौला बिग्रिएको लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ । मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।
० दीर्घरोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घरोगीलाई बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ ।
० दीर्घरोगीले वेला–वेलामा मिर्गौला जाँच गराउनु नै खतराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ । बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण