सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

जब आमा छोरा नै प्रेम सम्बन्धमा परे

मङ्गलबार, ०८ चैत २०७३, १६ : ४५
मङ्गलबार, ०८ चैत २०७३

न्यु मेक्सिको – १८ वर्षपछि पहिलो पटक भेट भएका आमा छोरा ‘गहिरो प्रेम’ सम्बन्धमा परेपछि अप्राकृतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन् ।

३७ वर्षीया मोनिका मारेसले १८ वर्षअघि आफ्नो छोरा २० वर्षीय कालेभ पिटरसनलाई अनाथालयलाई बुझाएकी थिइन् ।

तर, जब उनीहरु पुनः भेट भए, परम्परालाई तोड्दै दुवै एक अर्काको प्रेममा परे ।

उनीहरुको छिमेकीले अप्राकृतिक सम्बन्धको बारेमा प्रहरीलाई खबर गरेपछि गत सन् २०१६ को फेब्रुअरीमा उनीहरु पक्राउ परेका थिए ।

यस विषयमा गत बुधबारदेखि सुनवाई शुरु भएको छ ।

उनीहरुले आफ्नो सम्बधलाई स्वीकार गरेका छन् ।

अब उनीहरुले लगभग साढे १ वर्ष एक अर्कालाई भेट्न पाउने छैनन् ।

उनीहरुमाथि हाडनाताकरणीको मुद्दा लगाइएको छ । जसलाई न्यु मेक्सिकोमा गम्भिर प्रकृतिको मुद्दा मानिन्छ ।

गत अप्रिलमा ५ हजार डलर धरौटी र एक अर्कालाई नभेट्ने वाचा गरेपछि दुवैलाई छाडिएको थियो ।

मारेसले अब उनका अन्य ९ छोरा–छोरीहरुलाई भेट्न पाउने छैनन् ।

दुवैले १८ वर्षसम्म जेल सजाय पाउने व्यवस्था रहे पनि दुवैको यसअघि कुनै आपराधिक पृष्ठभूमि नभएको कारण जेल सजाय नगरिएको न्यायाधीस आन्द्रेया रइबले बताइन् ।

यसअघि, दुवैले आफूहरुलाई शारीरिक सम्बन्ध बनाउनबाट कसैले रोक्न नसक्ने बताएका थिए ।

१६ वर्षको छँदा गर्भवति भएकी मारेसले छोरालाई अनाथालयमा छाडेकी थिइन् । १८ वर्षपछि फेसबुकबाट उनीहरुको भेट भएको थियो ।

त्यसपछि कालेभलाई उनको धर्म पिताको घरबाट क्रिसमसमा आफ्नो घरमा ल्याएकी थिइन् । त्यही क्रममा दुवैबीच प्रेम बस्न गयो र अन्ततः त्यो शारीरिक सम्बन्धमा पनि परिणत भएको थियो ।

मारेसकी सबैभन्दा कान्छा छोराले कार्लोसलाई बुवा भनेर बोलाउँछन् ।

अहिले उनीहरु यस्तै सम्बन्धबारे जायरुकता फैलाउने अभियानमा लागेका छन् ।

यही सम्बन्धको कारण मरेसमाथि धेरै पटक आक्रमण भएको पनि बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप