पहिलो मुख्यमन्त्री पौडेलले लिए सपथ
सोमबार, २९ माघ २०७४, १० : ०५
काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ गराएकी हुन् ।
एमाले संसदीय दलका नेता रहेका पौडेल संघीय नेपालका सात प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पहिलो व्यक्ति हुन् ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
संविधानअनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सपथपछि मुख्यमन्त्री पौडेलले सहिद स्मारकमा आज नै पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण