बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जथाभावी आयुर्वेदिक औषधि खादा के हुन्छ ?

शनिबार, १६ वैशाख २०७४, १० : ४१
शनिबार, १६ वैशाख २०७४
डा. राजेन्द्रकुमार गिरी प्रबन्ध निर्देशक, सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि भन्दैमा जथाभावी प्रयोग गर्न हुँदैन । उत्पादन मिति नभएका तथा औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानु हुँदैन । कतिपय आयुर्वेदिक औषधि विषाक्त जडीबुटीबाट बनाइएका हुन्छन् । त्यसकारण चिकित्सकको सल्लाहमा मात्र त्यस्ता औषधि सेवन गर्नुपर्छ । सरकारबाट मान्यताप्राप्त औषधि उत्पादन कम्पनीबाट उत्पादित औषधि मात्र प्रयोग गर्नुपर्छ । कतिपय एलोपेथिक औषधि निरन्तर सेवन गरिरहनुपर्ने हुन्छ । तर, हर्बल प्रयोग गर्दा एलोपेथिक औषधि छोडेको पाइन्छ । त्यस्तो गर्न हुँदैन । छोड्नुपरेमा चिकित्सकको सल्लाहमा मात्र छोड्नुपर्छ । कतिपय आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्दछ । त्यसकारण औषधि सेवन गर्ने या नगर्नेबारे चिकित्सकको सल्लाह लिनुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप