गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
सारांश
- डिभिजन वन कार्यालय बाराले कोल्हवी नगरपालिका–५, सखुईस्थित एक स्थानीयको गोठबाट चार थान सालको गोलिया बरामद गरेको छ ।
- विशेष सूचनाका आधारमा खटिएको वन रक्षक, वन कर्मचारी र सशस्त्र प्रहरीको संयुक्त टोलीले 'ए ग्रेड' को सालको गोलिया बरामद गरेको हो ।
- काठ नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले करिब दुई घण्टासम्म टोलीलाई अवरोध पुर्याएका थिए ।
बारा । डिभिजन वन कार्यालय बाराले कोल्हवी नगरपालिका–५, सखुईस्थित एक स्थानीयको गोठबाट चार थान सालको गोलिया बरामद गरेको छ । विशेष सूचनाका आधारमा तामागढी सब–डिभिजन वन कार्यालयबाट खटिएको वन रक्षक, वन कर्मचारी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार ‘ए ग्रेड’ को सालको गोलिया बरामद गरेको हो ।
तामागढी सब–डिभिजन वन कार्यालयका प्रमुख कृष्ण पटेलका अनुसार चोरी गरी लुकाएर राखिएको काठ नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले करिब दुई घण्टासम्म टोलीलाई अवरोध पुर्याएका थिए । काठ लुकाएर राख्ने घरधनीको नाम स्थानीयले नखुलाएका कारण हाल उनको पहिचान हुन बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रमुख पटेलले जानकारी दिए ।
‘काठ तस्करहरू बिचमै विवाद भएपछि हामीकहाँ सूचना आएको थियो,’ प्रमुख पटेलले भने, ‘हामी १५ जनाको टोली त्यहाँ पुगेका थियौँ । गाउँलेहरूको अवरोधका बाबजुद बल्लतल्ल काठ निकाल्न सफल भयौँ ।’
बाराको वन क्षेत्र जीतपुरसिमरा, कोल्हवी र निजगढ नगरपालिका क्षेत्रसँग जोडिएको छ । राजमार्गभन्दा दक्षिण–पश्चिम भित्री क्षेत्रमा रहेका कारण अन्य पालिकाको तुलनामा कोल्हवी नगरपालिकाभित्रका गाउँहरूमा काठ चोरी तस्करीका घटनाहरू बढी हुने गरेको वन कार्यालयको भनाइ छ ।
प्रमुख पटेलले घरभित्र वा गोठमा लुकाई–छिपाई राखिएका काठ नियन्त्रणमा लिने क्रममा वन कर्मचारीहरूले पटक–पटक स्थानीयहरूको अवरोध झेल्नुपरिरहेको गुनासो समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण