नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
विराटनगर । नक्कली नेपाली नागरिकता प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले मोरङको विराटनगरबाट दुई जनालाई बुधबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने ३८ वर्षीय धनदेव राजवंशी र वडा नं. ११ बस्ने ६१ वर्षीय अशोक कुमार श्रेष्ठ रहेका छन्।
सप्तरीको डाहा वडा नं. ३ स्थायी घर भई हाल विराटनगर–१४ बस्ने ३० वर्षीया मनिषा कुमारी कामत राष्ट्रिय परिचय पत्र बनाउनका लागि असार २४ गते जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्। उनले पेस गरेको ना.प्र. ९०२२–३०० नम्बरको नागरिकता प्रमाणपत्र शङ्कास्पद लागेपछि मालपोत वा प्रशासन कार्यालयले जाँच गर्दा उक्त नागरिकता नक्कली भएको खुलेको थियो।
अनुसन्धानका क्रममा उक्त नक्कली नागरिकता उनलाई धनदेव राजवंशी र अशोक कुमार श्रेष्ठले बनाइदिएको खुलेको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर–११ महेन्द्र चोकस्थित राजवंशीले सञ्चालन गरेको ‘न्यू डोली फोटो सर्भिसेज’मा छापा मारेको थियो।
प्रहरीले उक्त फोटो सर्भिसेजबाट नक्कली कागजात बनाउन प्रयोग गरिने उपकरण र विभिन्न सरकारी कागजातहरू बरामद गरेको छ।
जसमा विभिन्न व्यक्तिहरूको नाममा जारी गरिएका नेपाली नागरिकता प्रमाणपत्र १२ थान, सवारी चालक अनुमति पत्र (लाइसेन्स) २ थान, खाली जन्मदर्ता प्रमाणपत्र १० थान, विवाह दर्ता प्रमाणपत्र १ थान, मृत्यु दर्ता प्रमाणपत्र–१ थान, कम्प्युटर सीपीयू– १ थान, न्यू डोली फोटो सर्भिसेज विराटनगर लेखिएको छाप १ थान, मोबाइल २ थान र नगद ३ हजार ५४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष श्रेष्ठका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण