सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
सारांश
- पालुङटार नगरपालिकाले ४५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा गरेको छ।
- विद्यार्थीको स्वास्थ्य सुरक्षा र आर्थिक जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रम सुरु गरिएको हो।
- यसले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मद्दत पुग्नेछ।
गोरखा । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।
‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामूहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उनले भने, ‘यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन् ।”
विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबिच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताए ।
नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ । यसबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण