बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

लोमान्थाङमा नयाँ पुल बनेपछि...

बिहीबार, २५ असार २०८३, ०४ : ४२
बिहीबार, २५ असार २०८३

सारांश

  • लोमान्थाङमा रु ७५ लाखमा मोटरेबल पुल सञ्चालनमा आएको छ।
  • पुलले लोमान्थाङ–१ र २ लाई जोडेको छ, गुम्बा र गुफासम्म सहज पहुँच।
  • पर्यटक र स्थानीयवासीलाई कोरला नाकासम्म पुग्न सहज हुनेछ।

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ ।

करिब रु ७५ लाख ४५ हजार लागतमा निर्माण भएको आठ दशमलव पाँच मिटर लामो पुलले लोमान्थाङ–१ र २ लाई जोडेको छ । पुल निर्माणपछि निफुक गुम्बा, झोङ गुफा र गर्फु गुम्बासम्म पुग्न पनि सहज भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको बताए । पुल सञ्चालनमा आएपछि कोरला नाका अवलोकन गर्न आउने पर्यटकलाई सहज हुनेछ । नवनिर्मित पुलको उद्घाटन लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बुधबार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप