प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
सारांश
- कोशी प्रदेश खेलकुद विकास बोर्डले १०० भन्दा बढी खेलाडीलाई सम्मान गरेको छ ।
- पदक विजेता खेलाडी, अग्रज खेलकर्मी र पत्रकारलाई नगदसहित सम्मान प्रदान गरियो ।
- मन्त्री मेहताले खेलाडीको वृत्तिविकासमा सरकारले नीतिगत र बजेटको व्यवस्था गर्ने बताए ।
मोरङ । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत पदक विजेता प्रदेशका खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बोर्डले श्रीलङ्कामा सम्पन्न एसबिआई प्रथम पहिलो दृष्टिविहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई रु एक/एक लाखसहित सम्मान गरेको छ ।
यसैगरी संयुक्त अरब इमरेट्स ९युएई० को दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिस यु–२३ एकलतर्फ रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई रु ५० हजारसहित सम्मान गरिएको छ ।
यस्तै विभिन्न विधाको प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा पाँच खेलकुद पत्रकारलाई समेत सम्मान गरिएको थियो ।
बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल, सदस्यसचिव विप्लव घोषलगायतले सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । सो अवसरमा मन्त्री मेहताले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको नाम चिनाउने खेलाडीलाई सम्मान गर्दा गर्व लागेको बताए । सरकार खेलाडीको वृत्तिविकास, खेल पूर्वाधारको स्तरोन्नति र प्रतियोगिता नियमित आयोजनाका लागि नीतिगत र बजेटको व्यवस्था गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण