स्काईवर्थका दुई नयाँ प्रोडक्ट नेपालमा
शुक्रबार, २९ वैशाख २०७४, ११ : ३९
काठमाडौं, वैशाख २९–नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथा होम एप्लाएन्सेस्का एकमात्र आधिकारिक विक्रेता स्मार्ट एप्लाएन्सेस्ले नेपालमा दुई नयाँ प्रोडक्ट थप गरेको छ ।
स्काईवर्थ ड्रम टाइप भ्याकुम क्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन नेपाली वजारमा थपिएका हुन् ।
नयाँ ड्रम टाइप भ्याकुम क्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथा उपयोगी एयर ब्लोइङ्ग क्षमता उपलब्ध छ । साथै उच्च कार्य क्षमता भएको मोटरका साथ शक्तिशाली सक्शन् यसले प्रदान गरेको कम्पनीले जनाएको छ । उक्त मेशिन १ हजार ८ सय वाट र २ हजार वाटको क्षमतामा क्रमशः ९ हजार ३ सय ९० रुपैयाँ र १० हजार २ सय रुपैयाँको मूल्यमा उपलब्ध छ ।
इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १३५ देखि २ सय ८० भोल्टको न्यूनतम भोल्टेजमा चल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य ५६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण