प्रदेश ४ मा पनि लफडा : माओवादी बिना दुई सदस्यीय मन्त्रीमण्डल गठन
शुक्रबार, ०४ फागुन २०७४, १० : ५८
कास्की । प्रदेश ४ मा २ सदस्यीय मन्त्री मण्डल गठन गरिएको छ।
मुख्य मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ र उद्योग मन्त्रीमा रामशरण बस्नेतले प्रदेश प्रमुख बाबुराम कुँवर बाट आज सपथ लिएका हुन् ।
एमाले र माओवादी केन्द्रको हिजो अबेर राति सम्म र बिहान बसेको बैठकमा दुई दल बीच सहमति हुन नसके पछि एमालेका एक मन्त्री सहित मुख्य मन्त्रीले सपथ लिएका हुन्।
माओवादी केन्द्रका नेता देव गुरुङ र दिनानाथ शर्मा सहित भएको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेपछि बस्नेतलाई मात्रै मन्त्री बनाइएको छ।
बस्नेत एमालेका वैकल्पिक केन्द्रिय सदस्य हुन्। बस्नेतले गोरखा १ को ‘ख’ बाट निर्वाचन जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण