मैले केहि भनिरहनुनै पर्दैन, अब काँग्रेसको नेतृत्वमा सरकार बन्छः देउवा
काठमाडौं, जेठ ११– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डको राजीनामासँगै सरकारको नेतृत्वका लागि नयाँ प्रक्रिया शुरु भएको बताएका छन् । उनले संविधानका प्रक्रिया पूरा गरी काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित र प्रष्ट आधार रहेको बताउँदै यसबारे सिंगो मुलुक जानकार रहेकाले आफूले केहि भनिरहन जरुरी नभएको बताए । प्रधानमन्त्रीले राजीनमा दिएलगत्तै विज्ञप्ति जारी गरेर प्रचण्डलाई धन्यवाद दिएका उनले बिहिबार पुन पार्टीको प्रेस समन्वय कमिटीमार्फत आफ्नो थप धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘ प्रधानमन्त्रीको राजीनामासँगै सरकारको नेतृत्वका लागि नयाँ प्रक्रिया शुरु भएको छ । संविधानका प्रक्रिया पूरा गरी नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित र प्रष्ट आधार छन् । यसका बारे मैले केही भनिरहन पर्दैन । सिंगो मुलुक यस विषयमा जानकार छ ।’
उनले पहिलो चरणको निर्वाचन सफल बनाउन सरकारले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको भन्दै त्यसका लागि खटिने सुरक्षा, निकाय, निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै उनले दोस्रो चरणको निर्वाचन पनि तोकिएकै समयमा हुने बताउँदै भनेका छन्, ‘दोस्रो चरणको निर्वाचन निर्वाध रुपमा सबै राजनीतिक दलको सहभागितामा सम्पन्न हुने निश्चित छ । दोस्रो चरणको निर्वाचनका बारेमा चलाइएका हल्लामा कुनै सत्यता छैन र तसर्थ दोस्रो चरणको निर्वाचनप्रति ढुक्क हुन र निर्धक्क साथ निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दल र आम नागरिकमा आह्वान गर्न चाहन्छु ।’
यसैबीच आजै पार्टीको शीर्ष नेताहरुको बैठक पनि बसेको छ । बैठकमा सरकार गठन र दोस्रो चरणको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयनका विषयमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण