शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय गौरवको आयोजनाहरुलाई अघि बढ्न नदिने नेताहरुनै हुन्ः मन्त्री देव

बिहीबार, ११ जेठ २०७४, १५ : ५०
बिहीबार, ११ जेठ २०७४

काठमाडौं, जेठ ११–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले राजनीतिक दलहरुनै राष्ट्रिय गौरवको आयोजनाहरुलाई अघि बढन नदिनेमा मुख्य बाधक रहेको आरोप लगाएका छन् ।

मन्त्री देवले राजनीतिक दलहरु कमिसनमा फस्दा निजगढ अन्तराष्ट्रिय विमानस्थलको कामलाई अघि बढाउन नसकिएको भन्दै चिन्ता पनि व्यक्त गरे । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको विहिबार बसेको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले आयआर्जनको थलो बनाउन खोज्दा मुलुकको राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्यले गति लिन नसकेको स्पष्ट पारे । उनले दलहरुले दवाव दिएकै कारण मुलुकको कर्मचारी तन्त्रले समेत काम गर्ने वातवरण नरहेको तर्क समेत गरे । बारास्थित निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि नबढेकोमा सांसदहरुले आपत्ति जनाएपछि मन्त्री देवले राजनीतिक दलहरुबीच मतभेद भएका कारण विमानस्थल वरपरको बासिन्दाको पुनर्वास कार्यक्रम समेत अलपत्र परेको पनि जानकारी गराए । उनले जेठ महिना भित्र स्थानीय बासिन्दालाई पुनर्बासको व्यवस्था गर्न सरकारले उच्च स्तरीय राजनीतिक छलफल कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको पनि स्पष्ट पारे ।

बैठकमा सांसदहरुले निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम छिटो सूरु गर्न सरकारसँग माग गरेका थिए । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विस्तृत अध्ययण प्रतिवेदन समेत तयार पार्न नसकेकोमा सांसदहरुको आपत्ति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप