दुई पत्रकार र तीन शिक्षक उम्मेदवार
बिहीबार, ११ जेठ २०७४, १६ : ०३
इलाम, ११ जेठ - आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् ।
सो शाखाको कोषाध्यक्ष जय राई र कार्यसमिति सदस्य ठाकुर श्रेष्ठले आ–आफ्नो पदबाट राजीनामा दिएर नेकपा (एमाले) बाट उम्मेदवार बनेका हुन् ।
राई सूर्याेदय नगरपालिका–९र श्रेष्ठ इलाम नगरपालिका वडा नं ५ को वडाध्यक्षका लागि को उम्मेदवारी दिएका छन् ।
दुवै पत्रकारले उम्मेदवार बन्न राजीनामा दिइसकेको अध्यक्ष कोकिला ढकालले बताउनुभयो । यसैगरी निर्वाचनमा उम्मेदवार बन्न यहाँका तीन शिक्षकले पनि जागिर छाडेका छन् ।
शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाउने व्यवस्था गरेपछि राजनीतिमा लाग्ने लक्ष्यका साथ तीन शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
राजीनामा दिनेमा देउमाई नगरपालिकास्थित महेन्द्रोदय आधारभूत विद्यालयका दावा तामाङ, त्रिभुवन आधारभूत विद्यालय जर्सिङगाउँका धनबहादुर राई र इलाम नगरपालिका घोषस्थित देवकोटा आधारभूत विद्यालयकी शिक्षिका डालाकुमारी कार्की हुन् ।
एमालेका तामाङ नेकपा (एमाले) देउमाई नगरपालिका र राई पनि सूर्याेदय नगरपालिकाको वडाध्यक्षका लागि र कार्की नेपाली काँग्रेसबाट फाकफोकथुम गाउँपालिकाको उपाध्यक्षका लागि उम्मेदवार बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण