शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘हिटलर’मा खोट लगाउने काम गरेकी छैन – अभिनेत्री सामिया

बिहीबार, ११ जेठ २०७४, १६ : ०८
बिहीबार, ११ जेठ २०७४

काठमाडौं, जेठ ११ – अभिनेत्री सामिया बर्तौला अहिले चर्चा छिन् । भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिटलर’का कारणले उनको चर्चा चुलिएको हो ।

हिटलरबाटै अभिनेत्रीको रुपमा डेब्यु गरेकी बर्ताैलाले चलचित्र भित्र सोहित मानन्धरसँग रोमान्स गरेकी छन् । यस अगाडि केही चलचित्रमा काम गरेका सोहितसँग सामियाको जोडी राम्रो जमेको देख्न सकिन्छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा केही उत्साह र डर दुबै पैदा भएको सामियाले बताएकी छन् । उनले भनिन्, ‘चलचित्र अभिनय पहिलो भएपनि खोट लगाउने काम गरेकी छैन ।’

सौरभ ढकाल निर्देशित चलचित्र ‘हिटलर कमेडी, रोमान्स र सस्पेन्स कथामा बनेको चलचित्र भएको बताइएको छ । दर्शकहरुलाई हरेक कोणबाट चलचित्रले मनोरञ्जन सामियाको भनाईरहेको छ ।

अन्यभन्दा केही छोटो अर्थात १ घन्टा ५६ मिनेटको चलचित्रको नाम हिटलर राख्नुको कारण भने गोप्य राखिएको छ । सामियाले पनि चलचित्र हेरेपछि मात्र नामको अर्थ थाहा पाउन सकिने बताइन् ।

मसिनो बोली हसिलो स्वभावकी सामिया ग्ल्यामरको मावलमा पनि खुल्ने गरेकी छन् । चलचित्रमा आफ्नो ग्ल्यामर र अभिनय दुबै देख्न मिल्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप