त्रिभुवन विमानस्थलमा आपत्कालीन पूर्वतयारीको दीर्घकालीन योजनाबारे छलफल
काठमाडौँ, ११ जेठ । त्रिभुवन विमानस्थल परिसरमा अवस्थित मानवीय सहायतास्थल ९एचएसए०मा विपद्को थप पूर्वतयारीका लागि दिगो उपाय पहिल्याउन सरकार र सहयोगी सरोकारवाला निकायका प्रतिनिधिबीच आज छलफल भएको छ ।
छलफलमा गृहमन्त्रालय, बेलायतीे वैदेशिक सहायता नियोग (डिएफआइडी), संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक (युएनआरसी) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का प्रतिनिधिले भविष्यमा आइपर्ने विपद्का लागि तयार रहन र मानवीय सहायताका लागि समुदायसंग कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले नेपाल विपद्को जोखिममा रहेकाले एउटा दिगो आपत्कालीन तथा पूर्वतयारीका लागि खाका तयार गर्न सरोकारवाला निकायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा २०७२ वैशाखमा गएको भूकम्पपछि एचएसएमा १०४ संस्थाका खाद्यान्न, औषधि, आपत्कालीन आवासलगायत सरसफाइ सामग्री, ८८ हजार ८०० घनमिटर मानवीय राहत सामग्री राखिएको थियो । त्रिभुवन विमानस्थलमार्फत आएका राहत सामग्रीलाई तत्कालै व्यवस्थापन गर्न एचएसए महत्वपूर्ण सावित भएको थियो ।
नेपालका लागि बेलायती सहयोग नियोग प्रमुख गेल मारजेट्टीले सम्भावित विपद्लाई अग्रिम रुपमा मनन गरी निर्माण भएको उक्त स्थलबाट मानवीय सहायता सामग्री छिटो आपूर्ति हुन गई मानव जीवन बचाउन सहज भएको उल्लेख गरे ।
संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्डले नेपालको भूकम्पपछि भएको सहकार्यलाई नमुनाकै रुपमा रहेको बताउँदै यसलाई नेपालभरि विस्तार गर्न जरुरी रहेको औँल्याए ।
डब्लुएफपीका प्रतिनिधि पिप्पा ब्राडफोर्डले जनताका लागि सहकार्यात्मक अवधारणा सबैभन्दा उत्तम उपाय हो भन्ने कुरामा कुनै द्विविधा नभएको उल्लेख गर्दै आपत्कालीन अवस्थामा एचएसएले जीवन बचाउने काम गर्न सक्छ भन्नुभयो । एचएसएलाई निरन्तरता दिन र यो नमुनालाई मुलुकभर विस्तार गर्न उनले सझाव दिए ।
विश्व खाद्य कार्यक्रमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–मानवीय सहायतास्थल (एचएसए) जस्तै संरचनाहरु नेपालका विभिन्न रणनीतिक स्थानमा निर्माण गरिने लक्ष्य लिएको छ, जसले कुनै पनि स्तरको विपद्को प्रतिकार्यलाई प्रभावकारिता र सक्षमता प्रदान गर्नेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण