कुश्मा नगर कार्यपालिकाको लागि १६ जनाको उम्मेदवारी दर्ता
पर्वत, ११ जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकाको आगामी जेठ १८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
दलित तथा अल्पसङ्ख्यकबाट निर्वाचित हुने तीन जना र महिलाबाट निर्वाचित हुने पाँच जनाको लागि १६ जनाको उम्मेदवारी परेको हो । बुधबार साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएकोमा १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली काँग्रेस र नेकपा (एमाले)बाट मात्रै उम्मेदवारी दर्ता भएको हो । दलित तथा अल्पसङ्ख्यकबाट कुश्मा नगरपालिकाको नगर कार्यपालिकाका लागि सदस्य पदको उम्मेदवार दिनेमा नेपाली काँग्रेसबाट उमादेवी कुमाल, भोर्ले सार्की र रामबहादुर नेपाली रहेका छन् । त्यस्तै एमालेबाट डम्बरबहादुर नेपाली, देवेन्द्र नेपाली र मनोहर विश्वकर्मा पौडेल रहेका छन् ।
त्यसैगरी पाँच जना महिला सदस्यका लागि नेपाली काँग्रेसबाट पाँच जना र एमालेबाट पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता हुनेमा धनुमाया पौडेल, निर्मला शर्मा, लालकुमारी सिके, बिन्दुकुमारी पौडेल, हिना परियार रहेका छन् भने एमालेबाट तारादेवी सार्की, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा, सुमित्रा पौडेल र देवी नेपाली रहेका छन् ।
उक्त निर्वाचनमा मतदान गर्नका लागि कुश्मा नगरपालिकामा ७२ मत रहेका छन् । जसमध्ये स्थानीय तहको निर्वाचनबाट एमालेका ३५ र नेपाली काँग्रेसका ३५ मत रहेको बताइएको छ । एमालेले नौ वटा वडामा अध्यक्षसहित सदस्य विजयी भएको थियो भने नेपाली काँग्रेसले पाँच वटा वडामा अध्यक्षसहित सदस्य जितेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण