तीर्थ गएका चार वृद्धवृद्धा भारतीय गुण्डाहरुको नियन्त्रणमा, एक सातादेखि सम्पर्कविहीन
लहान, ११ जेठ । भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् ।
गत वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर मन्दिर दर्शन गर्ने भन्दै घरबाट गएका हर्दियाका ६८ वर्षीय खड्गबहादुर मगर, उनकी ६३ वर्षीया श्रीमती खड्गमाया मगर, स्थानीय ७० वर्षीया मिनु गिरी र ६० वर्षीय नन्दबहादुर राणा मगर गत शुक्रबारदेखि सम्पर्कमा आएका छैनन् ।
गत शुक्रबार साँझ आफ्ना ससुराले अचानक भारतीय नम्बरको टेलिफोनबाट फोन गरी तीर्थ जाँदै गरेका बेला ‘हामीलाई केही भारतीय गुण्डाहरुले नियन्त्रणमा लिएर राखेको छ, नेपाल सरकारबाट पहल गरेर हामीहरुलाई छुटाऊँ, नत्र सुरक्षित रहन्नौँ’ भन्दै सन्देश आएका खड्गबहादुरकी बुहारी प्रेमा थापामगरले भनिन् । यति भन्दै फोन काटिएको र त्यो दिनदेखि अहिलेसम्म कुनै फोन नआएको थापामगरले बताइन् । आफ्ना ससुराले फोन गरेको कुरालाई आधार मान्ने हो भने उनीहरुको भारतीय लुटेराहरुबाट अपहरण भएको हुन सक्ने थापामगरको आशङ्का छ ।
“ससुरासहितका वृद्धवृद्धा कुन हालतमा छन् ? कहाँ छन् ? के भयो भन्ने कुराले हामीलाई सताइरहेको छ, उहाँहरुको अवस्थाबारे कुनै खबर नआउँदा परिवारका सदस्य चिन्तित बनेका छौँ,” सम्पर्कविहीन भएका सासू ससुरासहितको अवस्था पत्ता लगाई लुटेराबाट मुक्त गराइदिन सप्तरीका प्रमुख जिल्ला अधिकारी, कृष्णबहादुर कटुवालसँग आग्रह गर्न पुगेकी थापामगरले बताइन् ।
यता प्रजिअ, कटुवालले आजमात्र वृद्धवृद्धाको बारेमा आफूलाई जानकारी प्राप्त भएकाले आजै कूटनीतिक पहलका लागि गृहमन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पत्राचार गर्ने जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण