नेपाली सेनाबाट द्रुतमार्ग निर्माणबारे रक्षा मन्त्रालयमा बैठक
काठमाडौँ, ११ जेठ । काठमाडौँबाट तराई एक घन्टामा पुग्न सकिने ७६।२ किमी दूरीको द्रुतमार्ग सडक आयोजनाको काम नेपाली सेनाबाट चार वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले निर्णय गरेअनुसार आज रक्षा मन्त्रालयमा सो विषयमा बैठकको आयोजना गरियो ।
बैठकमा रक्षामन्त्री बालकृष्ण खाणले सरकारले यो गहन कार्यको जिम्मा ठूलो भरोसा गरेर नेपाली सेनालाई दिएकाले गुणस्तरीय ढङ्गले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई÷मधेसका जनतालाई एक घन्टामा काठमाडौँका जनतासँग नजिक्याउने यो आयोजना पूरा हुँदा सेना र देशकै कार्यकुशलतामा अभिवृद्धि हुने बताए ।
साठी वर्ष पहिले बनेको त्रिभुवन राजपथबाट अर्बौं रकम, इन्धन, सवारीसाधन मर्मत र समय गणनाको हिसाबले खर्च भइरहेको हुँदा सबै पक्षबाट यो आयोजना राष्ट्रको हितमा रहेको बैठकमा धारणा राखियो ।
नेपाली सेनाका कार्यबाहक प्रधान सेनापति बलदेवराज महतले सरकारले यो कार्यको जिम्मेवारी दिएकोमा आभार प्रकट गर्दै सेनाको सम्पूर्ण शक्ति लगाएर यो जिम्मेवारी समयभित्रै पूरा गरिने बताए ।
यस आयोजनाको प्रत्येक महिना कार्य प्रगति अनुगमन गरी सरकारसमक्ष प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय नीतिगत समन्वय तथा अनुगमन समिति गठन गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण