शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्यपुरथिमिका जनप्रतिनिधिद्वारा शपथ ग्रहण

बिहीबार, ११ जेठ २०७४, १६ : ५१
बिहीबार, ११ जेठ २०७४

भक्तपुर, ११ जेठ । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।

आज मध्यपुरथिमि नगरपालिकामा आयोजित एक कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेलले नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मी र नौवटा वडाका वडाध्यक्षलाई शपथ खुवाएका थिए ।

त्यसलगत्तै नगरप्रमुख श्रेष्ठले वडाका वडा सदस्यलाई शपथ खुवाए । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले नगर प्रमुख र नेपाली काँग्रेसका उम्मेदवारले उपप्रमुख जितेका थिए । वडाहरुमा काँग्रेस, एमाले, नेमकिपा र स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।

शपथ ग्रहणसँगै आजै नगरप्रमुख तथा उपप्रमुखले आफ्नो कार्यकक्षमा गएर कार्यभार सम्हालेका थिए । कार्यभार सम्हाल्दै नगरप्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई नमुनाको नगरपालिका बनाउने दृढता प्रकट गरे ।

उनले भने, “मध्यपुरथिमि नगरपालिकाका कुनै पनि नागरिकको काममा अब ढिलासुस्ती हुँदैन, अनियमितता हुँदैन । यस नगरलाई पर्यटकीय, सांस्कृतिक सहरका रुपमा विकास गर्नेछौँ । नगरपालिका वरिपरि चक्रपथ निर्माणका साथे मनोहरा र हनुमन्ते करिडोरको निर्माण हामी गर्नेछौँ ।” रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप