प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लब विजयी
बिहीबार, ११ जेठ २०७४, १६ : ५५
काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर ब्याटिङ गरेर पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १०४ रन बनाउँदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।
पुलिसका लागि सुनिल धमालाले अर्धसतक प्रहार गरे । उनले ४९ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । त्यस्तै दीलिप नाथले ३६ तथा अमित श्रेष्ठले सात रन जोडे ।
बलिङतर्फ पूर्वाञ्चलका सिद्वान्त लोहनीले तीन विकेट लिए । त्यसैगरी ललित भण्डारी र सुशील कँडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल र मन्जीत श्रेष्ठले एक–एक विकेट लिए ।
त्यसअघि पूर्वाञ्चलका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाए । आजको खेलका उत्कष्ट खेलाडी पुलिस क्लबका सुनिल धमाला घोषित भए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण