शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी सरकारले ल्यायो नीति तथा कार्यक्रम

बिहीबार, ११ जेठ २०७४, १६ : ५८
बिहीबार, ११ जेठ २०७४

काठमाडौं, जेठ ११– सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचन आचारसंहिता लागू भएकाले पुरानै कार्यक्रमलाई समेटिएर नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।

सरकारले आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन गरिसक्ने नीति लिइएको छ । राष्ट्रपति भण्डारीले संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । उनले संविधानअनुसार बन्न बाँकी कानून निर्माणलाई तीब्रता दिइने बताइन् । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ सिंहदरबारको अधिकार गाउँ नगरमा हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको पनि बताइन् । १५ वर्षदेखि नेतृत्वविहीन रहेका स्थानीय निकाय पुनर्सरचना गरी २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको भएको भएको समेत उनले बताइन् । भूकम्पबाट ध्वस्त संरचनाको पुर्ननिर्माणलाई तीब्रता दिइने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

यस्तै लोडसेडिङको अन्त्य गर्न सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षमा पनि थप पहल गरिने भएको छ । भण्डारीले उज्यालो नेपाल अभियानमार्फत राष्ट्रलाई समृद्धितर्फ लगिने भन्दै त्यसैबाट देशलाई आत्मनिर्भरताको बाटोमा लगिने बताइन् । नीति तथा कार्यक्रममा बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राखिएको तथा अन्तरदेशीय प्रशारण लाइन विस्तार, लोकमार्ग निर्माण जस्ता विषय पनि सरकारको प्राथमिकतामा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप