झापामा काँग्रेसको चारवटा तहमा उम्मेदवार चयन
झापा, ११ जेठ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको झापामा बिर्तामोड, दमक, कमल र गौरादह नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार चयन गरेको हो ।
बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, उपप्रमुखमा पार्वता गिरी, दमक नगरपालिकाको प्रमुखमा ढुण्डीराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराई, कमल नगरपालिकाको प्रमुख उपप्रमुखमा क्रमशः हुकुमसिंह राई, दीपा गौतम र गौरादह नगरपालिकाको प्रमुखमा रोहित साहलाई चयन गरेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताए ।
उनका अनुसार अन्य तहमा आकाङ्क्षी धेरै भएका कारण उम्मेदवार चयनमा सकस भइरहेको छ । सकेसम्म १२ गतेसम्ममा जिल्ला र क्षेत्रमै उम्मेदवारको टुङ्गो लगाउने र नसकेका स्थानको टुङ्गो केन्द्रीय समितिले लगाउने अध्यक्ष थापाको भनाइ छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण