मधेसका तीन दलबीच कुरा मिलेन
काठमाडौं, जेठ ११– मधेसका प्रमुख तीन राजनीतिक दलबीचको छलफलमा कुनै सहमति बन्न सकेन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम नेपालबीच भएको छलफलमा कुनै सहमति नजुटेको हो ।
स्रोतकाअनुसार राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनमा सहकार्य गरौं भनि प्रस्ताव गरेका थिए भने उपेन्द्र यादव र विजयकुमार गच्छदारले चुनावमा सहकार्य गरेर जाऔं भनि प्रस्ताव गरेका थिए ।
अध्यक्ष ठाकुरले सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै आन्दोलनमा जानुबाहेक अरु विकल्प नरहेको भन्दै आफूहरु आन्दोलनको तयारीमा रहेकाले त्यसमा सहकार्य गर्न आग्रह गरेको बताइएको छ ।
ती दुई नेताले प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघर्ष र आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न भनि प्रस्ताव गरेका गरेका थिए ।
तीनटै चुनावमा सहकार्य गरेर गए भने स्थानीय तहमा राम्रो उपलब्धी हुने उनीहरुको तर्क थियो । कुनै कसैको कुरा कसैले मानेनन् ।
राजपाका अध्यक्ष महन्थ ठाकुरले राजपाको बैठकमा यसको विषयमा छलफल गरेर जानकारी गराउने जवाफ उपेन्द्र र गच्छदारलाई दिएको स्रोतले जनाएको छ ।
विजुली बजारमा राजपा नेपालको छुट्टै बैठक बस्दैछ ।
प्रधानमन्त्रीको राजीनामापछि उपेन्द्र, महन्थ र गच्छदारको गोप्य बैठक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण