शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजधानीमा गायक नबिन के भट्टराइको आँखामा तिमीलाइ ..

बिहीबार, ११ जेठ २०७४, १७ : ५५
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११ – राजधानीबसीले चर्चित गायक नबिन के भट्टराईको गीत संगीत लाइभ सुन्न पाउने भएका छन् । ‘फ्राइडे विथ नबिन के भट्टराई’नाम कार्यक्रम सहित गायक नबिन श्रोतामाझ उत्रिन लागेका हुन् । भोली शुक्रबार साँझ फायर डिस्को ठमेलमा आयोजना हुने यो कार्यक्रममा नविनले हृदयमा राखे..., आँखामा तिमीलाई ..., डर लाग्छ ...., तिमीलाई म दोबाटोमा..., तिमीले हेर्दा कसैलाई ....लगायत आफ्ना नयाँ तथा पुरान दर्जन गीत प्रस्तुत गर्नेछन् । नेपाली गीत संगीत पारखिलाई गायक गायिकासँग नजिक गराउँदै मनोरन्जन दिलाउने उदेश्यले फायर डिस्कोले हरेक शुक्रबार ‘फ्राइडे विथ सेलिब्रेटी’ सुरु गरेको हो । यसै अनुरुपमा यो साता गायक नबिन ‘फ्राइडे विथ सेलिब्रेटी’मा गुन्जन लागेका हुन् । कार्यक्रममा गायक नविनले दर्शकले श्रोताले अत्यधिक मनपराएको गति ‘सायद तिमी नै हौं....’ समेत गाउने छन् । कार्यक्रममा चलचित्रका चर्चित कलाकारको समेत सहभागिता रहने फायर डिस्कोका समिर शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप