शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाली ढाकाको खास्टोमा माओवादी केन्द्रको उम्मेदवार घोषणा

बिहीबार, ११ जेठ २०७४, १७ : ४८
बिहीबार, ११ जेठ २०७४
दमक, जेठ ११– दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रले झापाको शिवसताक्षी नगरपालिका र गौरदह नगरपालिकामा विहीबार मेयर उपमेयरसहितको टिम घोषणा गरेकोे छ । विगतका धरमपुर, सताशी, शिवगञ्ज र पाँचगाछीसहितका चार गाविस मिलेर बनेको शिवसताक्षी नगरपालिकामा माओवादी केन्द्रले महेन्द्र भट्टराईलाई मेयरको उम्मेदवार घोषणा गरेको छ । भट्टराई माओवादीक विद्यार्थी नेता हुन् । यस्तै, आदिवासी समुदायकी नेतृ कचाली ताजपुरियालाई उपमेयर पदको उम्मेदवार वनाइएको छ । विहीबार एक कार्यक्रमकाबीच मेयर र उपमेयरसहित ११ वडाका सम्पूर्ण अध्यक्ष र सदस्य सहितको टिम घोषणा गरिएको हो । यसैगरी, माओवादी केन्द्रले गौरादह नगरपालिकामा पुष्पलाल ढकाललाई मेयर र अर्पणा राजवंशीलाई उपमेयर पदको उम्मेदवार घोषणा गरेको छ । नेपाली ढाकाको खास्टो र सल ओढाएर उम्मेदवार घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप