शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति फर्किएपछि एमालेले संसद चल्न दिएन

बिहीबार, ११ जेठ २०७४, १७ : ५८
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११– राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवनबाट फर्किएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । एमालेको अवरोधका कारण संसद संसद बैठक शुक्रबार सम्मकालागि स्थगित भएको छ । सरकारले स्थानीय तहको संख्या बढाउने भनी गरेको निर्णयको विरोधमा दुई दिनदेखि संसद अवरोध गर्दै आएको एमालेले विहीबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि पहिलो बैठक चल्न दिएको थियो । राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको एमालेले त्यसपछि बसेको संसद बैठकमा अवरोध गरेको हो । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेकी थिइन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि बसेको दोस्रो बैठक शुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुख ओनसरी घर्तीले राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूचि रहेकाले संसद बैठक अवरोध नगर्न आग्रह गरेकी थिइन् । सभामुख घर्तीको आग्रहलाई एमाले सांसदहरुले अस्विकार गरेपछि संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप