शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोटीमा नयाँ शक्ति र माओवादीबीच पार्टी एकता

बिहीबार, ११ जेठ २०७४, १९ : ३२
बिहीबार, ११ जेठ २०७४
कर्ण चन्द डोटी, जेठ ११– नेकपा माओवादी केन्द्र र नयाँ शक्ति डोटीबीच पार्टी एकता घोषणा गरिएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकार्यणी सदस्य तथा जिल्ला संयोजक शिब सिंह ओलीको नेतृत्वमा सिङ्गो कार्य समिति माओवादीमा प्रबेश गरेको हो । नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य तथा जिल्ला संयोजक शिवसिंह ओलीको नेतृत्वमा सिङ्गो जिल्ला कार्य समिति माओवादीमा प्रबेश गरेको हो । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय सदस्य भरत बोहरा ‘योगन्द्र’, भरत बोहरा ‘सेवक’, बलबहादुर ओली , बिद्यार्थी नेता डबल सिंह, अमर साउद माओवादीमा प्रबेश गरेका हुन । विप्लवका विद्यार्थी नेता पनि माओवादीमा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य वीरबहादुर थापा, सचिवालय सदस्य योगेन्द्र खड्का पनि माओवादी केन्द्रमा प्रबेश गरेका छन् । डोटीको दिपायलमा माओवादी केन्द्र र नयाँ शक्ती नेपाल डोटी पार्टी एकता तथा नेपाल कम्युनिस्ट पार्टीबाट पार्टी प्रबेश कार्यक्रम आयोजना गरिएको थियो । एकताको सन्देश बोकेर जनतासँग स्थानीय तहको निर्वाचनमा जानु खुसीको कुरा भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले बताए । भट्टले जनयुद्धकालमा एकै ठाउँमा भएकाहरु विभिन्न अहसहमतिले अलग भए पनि आन्दोलनको आवश्यकले एक ठाउँमा आएको बताए । कार्यकर्ता र जनताको मागका आधारमा पार्टी एकता गरेको नयाँ शक्तिका जिल्ला संयोजक शिब सिंह ओलीले बताए । पार्टी एकतामा सहभागी नेताहरुले माओवादी आन्दोलनलाई निश्कर्षमा पुर्याउन एकतावद्ध हुनुपरेकोमा जोड दिएका थिए । बिगत लामो समयदेखि चल्दै आएको पार्टी एकताको विषयले सार्थकता पाएको माओवादी केन्द्रका डोटी जिल्ला ईञ्चार्ज त्रिलोचन भट्टले बताए । उनले समयको माग अनुसार नेता र कार्यकर्ता चल्नु पर्ने उल्लेख गर्दै निरन्तर कम्युनिष्ट र माओवादी आन्दोलनको ध्रवीकरणको पक्षमा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप