मेची अञ्चल अस्पतालमा सघन उपचार कक्ष सुरु
बिहीबार, ११ जेठ २०७४, २१ : ०९
काँकडभिट्टा, जेठ ११ – मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि सघन उपचार कक्ष सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा चार श्यया र दुई भेन्टिलेटर रहेको सघन उपचार कक्ष सुरु भएको हो ।
रु ८० लाखको लागतमा सञ्चालनमा आएको सेवामा डा जोसनलाल वज्राचार्यको नेतृत्वमा दैनिक सात स्टाफ नर्सले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक समितिका अध्यक्ष राम कट्टेलले बताए ।
सघन उपचार कक्षको उद्घाटन प्रअिज उत्तरकुमार खत्रीले गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले सघन उपचार कक्ष महँगो हुने भएकाले २५ प्रतिशतसम्मको छुटमा मात्र बिरामीलाई सेवा उपलब्ध गराउन सकिने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण