शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा स्कुलबाटै बालिका बेपत्ता

बिहीबार, ११ जेठ २०७४, २१ : २३
बिहीबार, ११ जेठ २०७४
पुनहरी घिमिरे कपिवस्तु जेठ ११ – कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट एक स्कुले बालिका स्कुलबाटै वेपत्ता भएकी छिन । चन्द्रौटाका हरि नारायण गुप्ताको करिब १३ बर्षीय छोरी अनिता गुप्ता आज वेपत्ता भएकी हुन । विहान स्कुल जन्छु भनी घरबाट हिडेकी अनिता स्कुलबाट नै बेपत्ता भएकी हुन । चन्दा्रैटास्थित राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अनिता स्कुलको खेल मैदानबाट बेपत्ता भएको उनका बुवा हरि नारायण गुप्ताले बताए । विहान देखि हराइएकी छोरी अनिताको खोजी गर्नका लागि गुप्ताले अग्रह गरेका छन् । खोजि कार्यको लागी नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानिय रोवरमा खोजि कार्य तिब्र परीएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रमुख झविन्द्र भटराईले बताए । यस्तै चन्द्रौटामा गएको फगुन २ गते साँझ पनि एक ६ बर्षीय बालीका हराएकी र ३ गते बिहान मृत अवस्थामा फेला परेकी थिईन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप