शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

बिहीबार, ११ जेठ २०७४, २१ : २८
बिहीबार, ११ जेठ २०७४
काठमाडौँ, जेठ ११ – मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो । केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूतावासले खर्च बेहोरेर नेपाल पठाएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियामा अलपत्र परेकाहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी रहनेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप