पोखराको ३० र ३१ नं वडामा एमाले
शुक्रबार, १२ जेठ २०७४, ०८ : ३६
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३० र ३१ मा नेकपा एमालेको प्यानलै विजयी भएका छन् ।
वडा नं ३० मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्रीराम पोखरेलले दुई हजार २८ मत प्राप्त गरी विजयी बन्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाप्रसाद सुवेदीले एक हजार ९२५ मत प्राप्त गरे ।
वडाको महिला सदस्यमा शारदा बास्तोला, दलित महिला सदस्यमा रमा नेपाली, खुला सदस्यद्वय सोमलाल कँडेल र चोलाप्रसाद बराल विजयी भए ।
त्यस्तै, वडा नं ३१ को वडाध्यक्षमा एमालेका कमलबहादुर थापा क्षेत्री एक हजार ७६१ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शरदराज सुवेदीले एक हजार २६१ मत प्राप्त गरे ।
वडाको महिला सदस्यमा सावित्री भण्डारी, दलित महिला सदस्यमा विष्णु सुनार, खुला सदस्यद्वयमा विष्णुबहादुर भुजेल र पूर्णखर पाण्डे विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण