अब ७६६ स्थानीय तह, थपिएका तहको प्रतिवेदन राजपत्रमा प्रकाशित
काठमाडौ, जेठ १२ –निर्वाचन आयोगले पछि थप गरिएको स्थानीय तहको प्रतिवेदन नपाएको गुनासो गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगलाई तह थपिएको प्रतिवेदन पठाउँदै राजपत्रमा समेत प्रकाशित गरेको छ ।
राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तह स्वतः कार्यान्वयनमा आउनेछन् । यो सँगै ७ सय ४४ स्थानीय तहको संख्या अब बढेर ७ सय ६६ पुगेको छ । पछिल्लोपटक २३ स्थानीय तह थप गरिएको छ भने पर्सामा एउटा गाउँपालिका घटाइएको छ ।
आयोगले प्रतिवेदन नआएको भन्दै जेठ ३१ मा थपिएका तहको निर्वाचन गर्न समस्या हुने भन्दै बिहीबारमात्र असन्तुष्टि जनाएको थियो । आयोगको असन्तुष्टिलगत्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले गत सोमबार मधेस केन्द्रीत दलको माग पुरा गर्न दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थपेको थियो ।
तर, निर्वाचन आयोगले भने साविकका ४६१ स्थानीय तहमा मात्र जेठ ३१ मा निर्वाचन गर्न सकिने प्रष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण