शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महिला पत्रकारलाई ज्यान लिने धम्की दिइएकोमा आपत्ति

शुक्रबार, १२ जेठ २०७४, १० : ४८
शुक्रबार, १२ जेठ २०७४

काठमाडौँ, १२ जेठ । प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ ।

समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह बनाइदिने भनी कार्कीले धम्की दिएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन्।

माछापुच्छ्रे गाउँपालिका घाचोक स्थायी घर भई हाल क्यानाडामा बसोबास गर्ने कार्कीले पोखराका महिला पत्रकारलाई निकृष्ट भाषा प्रयोग गर्दै मार्ने धम्की दिएको चौतारीले जनाएको छ ।

कार्कीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई निर्भयतापूर्वक समाचार सङ्कलन र सम्प्रेषणका लागि उचित वातावरण बनाउन चौतारीका महासचिव राजेश राईले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप