सीमा क्षेत्रमा गस्ती प्रभावकारी बनाइने
चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्ती गरिने भएको छ ।
एउटा देशमा तस्करी गरेर अर्को देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र चोरी शिकारीलाई निरुत्साहित पार्न दुबै देशले संयुक्त रुपमा गस्ती अगाडि बढाएका हुन् ।
दुई देशका निकुञ्ज तथा आरक्षका प्रमुखसहितको दुई दिने बैठक हिजो साँझ भारतको बाल्मिकी टाइगर रिजर्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । नेपालका निकुञ्ज र आरक्षकोतर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले नेतृत्व गर्नुभएको थियो भने भारततर्फबाट बाल्मिकी टाइगर रिजर्वका फिल्ड डाइरेक्टर चन्द्र शेखरले नेतृत्व गर्नुभएको थियो ।
प्रमुख संरक्षण अधिकृत कँडेलकाअनुसार दुई देशका अधिकारीका बीचमा चोरी तस्करी नियन्त्रण गर्ने, सीमावर्ती निकुञ्जकाबीचमा सूचना आदान प्रदान गर्ने, संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने, कर्मचारीको क्षमता अभिवृद्धि गराउने, संयुक्तरुपमा स्थलगत अनुगमन गर्ने र समस्या देखिएमा तत्काल न्यूनीकरणका लागि बैठक बस्ने निर्णय भएको छ ।
नेपालतर्फका यी दुई निकुञ्ज र आरक्षकै जस्तो प्राकृतिक बनोट बाल्मिकीमा पनि रहेको छ । नेपालका दुर्लभ वन्यजन्तु त्यसतर्फ जाने हुँदा दुबै देशले संयुक्तरुपमा संरक्षणमा नजुटेसम्म चोरी तस्करी नियन्त्रण गर्न नसकिने हुँदा संयुक्तरुपमा संरक्षण गर्न सुरु गरिएको हो ।
बैठकमा दुई देशका निकुञ्ज र आरक्षका कर्मचारीसहित संरक्षणमा कार्यरत सहयोगी दाता, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र जुलोजिकल सोसाइटी अफ लन्डनका प्रतिनिधिको पनि सहभागिता थियो । यसअघि सन् २०१७ को २८ फेब्रुअरीमा पटनामा भएको दुई देशका उच्च कर्मचारीको बैठकमा यी विषयमा संयुक्त रुपमा काम गर्ने निर्णय भएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण