जानकी मेडिकल कलेज बन्द हुँदा यस्को भविश्यमाथि प्रश्न
जनकपुरधाम, १२ जेठ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी र चिकित्सकको जारी आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न उठेको छ ।
विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्द गरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् ।
रिपोट्र्स क्लब जनकपुरधाम शाखाले यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले रकम अभावको समस्याले जीवनयापन कठिन बनेको बताए ।
कलेजका सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेजको सञ्चालनको सम्भावना झिनो हुँदै गएको आरोप कर्मचारीहरुले लगाए ।
कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलव, सुविधा र सञ्चयकोषको रकम एक अर्ब भन्दा अधिक भइसक्दा पनि सञ्चालकले यसलाई व्यक्तिगत व्यवसायको स्रोत बनाएको आरोप सङ्घर्ष समितिका अध्यक्ष सुरेन्द्र पाठकले लगाए ।
कलेजको आम्दानीबाट करिब रु १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको समितिका उपाध्यक्ष सञ्जय चौधरीले बताए । सञ्चालकले बक्यौता तलबमध्ये दुई महिनाको तलब तत्काल उपलब्ध गराइ बाँकीलाई प्रत्येक महिनाको किस्तामा पारेर क्रमशः भुक्तानी गरी कलेज सञ्चालन गर्न प्रहरीको सक्रियता बढाएकोप्रति कर्मचारीले विरोध जनाउँदै सञ्चालकसँग एकमुष्ठ तलब भुक्तानीको माग सहित बन्द कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।
यसैबीच सञ्चालक समूहका लामाले कलेज र अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारीलाई अस्पताल भवनमा गैरकानुनी ढङ्गले गरेको तालाबन्दी र बन्द कार्यक्रमलाई रोकी कामकाजमा फर्कन आह्वान गरेपनि सङ्र्घ समितिले कलेज अन्यलाई बिक्री गर्ने षड्यन्त्र भएको भन्दै यसप्रति सबैलाई सजग हुनआग्रह गरेका छन् ।
सो कलेजमा जेठ ४ गतेदेखि र अस्पतालमा फागुन २ गतेदेखि सम्पूर्ण कामकाज ठप्प भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण