शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डुबेर बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला

शुक्रबार, १२ जेठ २०७४, १५ : ३८
शुक्रबार, १२ जेठ २०७४

नवलपरासी, १२ जेठ । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासीको गैँडाकोट–१ को नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका बालक नदी छेउमै मृत अवस्थामा फेला परेका हुन् ।

नदीको छेउमा नवलपरासी गैँडाकोट–१ का १८ वर्षीय आशिष श्रेष्ठ र गैँडाकोट–८ का १७ वर्षीय भूपेन्द्र केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोजीका लागि आएको गोताखोरको टोली, प्रहरी र विपद् व्यवस्थापनको टोलीले बालकको शव फेला पारेको हो । दुबैको शव मुचुल्का गरी परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ । शव आजै शव निरीक्षण गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप