शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बंगाली अभिनेत्री श्रीलेखाले शुभारम्भ गरिन् नेपाली हेयर स्टालिष्ट निलको सलुन

शुक्रबार, १२ जेठ २०७४, १६ : ११
शुक्रबार, १२ जेठ २०७४

काठमाडौं, जेठ १२ –नेपाली हेयर स्टालिष्ट निल डेभिड कटुवालको भारतको कोलकोतामा विस्ताररित सलुन बंगाली अभिनेत्री श्रीलेखा मित्राले शुभारम्भ गरेकी हुन् । हेयर स्टाइलको क्षेत्रमा नेपाली ब्राण्ड बनेका निल डेभिडको लोकप्रियता नेपालसँगै भारतको पश्चिम बंगालमा पनि बृद्धी हुँदै गएको छ । सिलगुढी, दार्जलिङ, गान्तोक, कालिमपोङ, दुर्गापुर, बंगाल, झारखण्डलगायतका स्थानमा सलुनले सफलता हासिल गरेपछि मागबमोजिम कोलकोतामा पनि सलुन सञ्चालनमा ल्याएको निलले जानकारी गराए । नेपालीको हेयर कलाले विदेश प्राथमिकता पाउनु देशकै खुसीको कुरो हो निलले भने । झापाको लक्ष्मीपुरका निलले सन् २००६ मा काठमाडौंबाट सञ्चालनमा ल्याएको निल डेभिड्स सलुन अहिले नेपालका विभिन्न १० स्थानका साथमा भारतमा पनि १० स्थानमा बिस्तार भएको छ । नेपालको हेयर स्टाइलको क्षेत्रमा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको महिला पुरुषको हेयर सौन्दर्यको काम एकै छानामूनि एकैसाथ हुने गरी युनिसेक्स सलुन सञ्चालन गरेर क्रान्ति ल्याउका निलले ओष्कार अवार्ड विजेता हलिउड हेयर एण्ड मेकअप आर्टिष्ट विजेता क्रिष्टिना बुलेण्डाबाट हेयर एण्ड मेकअप तथा फिल्मी मेकअपको कडा र लाभदायी कोर्ष पूरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप