शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानसेनापति स्वदेश फिर्ता

शुक्रबार, १२ जेठ २०७४, १७ : ३०
शुक्रबार, १२ जेठ २०७४
काठमाडौँ, जेठ १२ – प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी बलदेवराज महतले स्वागत गर्नाका साथै सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले अमेरिकाको होनोलुलु हवाईमा सञ्चालित कार्यक्रममा एसिया प्रशान्त क्षेत्रसम्बन्धी ‘एसेसमेन्ट अफ थियटर’ विषयमा सम्बोधन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भम्रणका क्रममा उनले अमेरिकाका विभिन्न सैन्य एकाइका उच्चपदस्थ सैनिक अधिकारीसँग भेटघाट तथा दुई देशबीचको आपसी सम्बन्ध तथा सहयोगबारे अन्तक्र्रिया समेत गरेको थियो । सैनिक नेतृत्व तहको सो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध थप प्रगाढ हुनाका साथै आपसी सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप