आयो खगेन्द्रको ‘धनपति’ (हेर्नुहोस् ट्रेलर)
शुक्रबार, १२ जेठ २०७४, १७ : २५
काठमाडौं, जेठ १२– दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘धनपति’ ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा चलचित्र भित्रका केही अंश समेटिएको छ । ट्रेलर हेर्दा चलचित्र पारिवारीक विषयबस्तुमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
पशुपतिप्रसादको व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा.लिले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेको हो ।
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपति’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा ऊसँग अन्य आयस्रोत छैन । इमान बेच्न नचाहने स्वाभिमानी छ ।
छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । यस्तै कथामा बनेको छ चलचित्र ‘धनपति’ ।
खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको चलचित्रमा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभि बर्तौला, हरीहर शर्मा, रबी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ ।
सूर्य थोकरको द्धन्द्ध, , आधासुरको संगीत रहेको चलचित्रका निर्माता रोजिना सिटौला, सह–निर्माता रजना नापित, समीर देवकोटा ओम गुरुङ हुन् ।
आफ्ना अघिल्ला चलचित्र जस्तै ‘धनपति’ले पनि राम्रो ब्यवसाय गर्ने निर्देशक दीपेन्द्र के खनालको विश्वास छ ।
हेर्नुहोस्, भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण