शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मधेस केन्द्रित दलको माग सम्बोधन गरेर जान एमाले तयार: अोली

शुक्रबार, १२ जेठ २०७४, १८ : २५
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेश केन्द्रित दलहरुको माग सम्बोधन गरेर जान तयार देखिएको छ । शुक्रबार अपरान्ह संसद भवन परिसरमा पत्रकारहरुसँगको कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सहमतिको लागि बाधक नभएको उल्लेख गरे । ओलीले संसद अवरुद्ध पार्ने परिस्थिति सरकार आफैंले निर्माण गरेको आरोप लगाउँदै सरकारले नै बलजफ्ती गरेर संसद अवरुद्ध बनाएको दावी गरे । एमालेले संविधान र कानुन विपरित हुने गरी थप गरिएको स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने उनको चेतावनी दिँदै आएको छ । एमाले अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टी, नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गरेका छन् । मधेश केन्द्रित दलहरुले निर्वाचनमा भाग लिने र उनीहरुको माग कानुन र संविधान अनुसार सम्बोधन हुँदै जाने टिप्पणी गरे । निर्वाचन हुन नदिने कुरा कुनै पनि राजनीतिक दलहरुले गर्न नमिल्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप