शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सर्वोच्चको आदेशको एमालेद्वारा स्वागत

शुक्रबार, १२ जेठ २०७४, १८ : ५९
शुक्रबार, १२ जेठ २०७४
काठमाडौं, जेठ १२– सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्वागत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन दिएको आदेश कानुन र संविधानसम्मत भएको भन्दै स्वागत गरेका हुन् । शुक्रबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चले आदेश दिएसँगै निर्वाचनका लागि अस्पष्टता नभएको पनि उल्लेख गरे । अव दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैनकी भन्ने आशंका नरहेको ओलीको भनाई छ । अध्यक्ष ओलीले सरकारले सहमतिमै मुलुकलाई अघि बढाउन इमान्दार प्रयास नगरेको आरोप पनि लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप