काठमाडौँ महानगरपालिकका वडा नं ९ र १५ मा एमाले विजयी
शुक्रबार, १२ जेठ २०७४, २१ : ०४
काठमाडौँ, जेठ १२ – काठमाडौँ महानगरपालिकका वडा नम्बर ९ र १५ मा नेकपा (एमाले) विजयी भएको छ ।
महानगरको पछिल्लो मतगणनानुसार वडा नं ९ का वडाध्यक्षमा एमालेका रामकृष्ण श्रेष्ठ दुई हजार ५१७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशील गौतमले दुई हजार १५६ मत पाउनुभएको छ ।
महिला सदस्यमा सिर्जना भेटुवाल, दलित महिला सदस्यमा रचना सुनाम तथा खुला सदस्यमा टेकराज अधिकारी र श्रीराम राई विजयी हुनुभएको छ ।
त्यसैगरी वडा नं १५ मा ईश्वरराज डङ्गोल चार हजार ९०५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु खरेलले दुई हजार २०२ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा मैया महर्जन, दलित महिला सदस्यमा अनिता परियार तथा खुला सदस्यमा आनन्दराज गौतम र निमा तमाङ विजयी हुनुभएको छ ।
हालसम्म २९ वडाको मतगणना सकिएको तथा तीन वडाको नतिजा आउन बाँकी छ । महानगरपालिका नगर प्रमुखमा एमालेका विद्यासुन्दर शाक्यले ५७ हजार ९५७ मतका साथ अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई काँग्रेसका राजुराज जोशीले ४० हजार ६९० मतका साथ पछ्याइरहनुभएको छ । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २१ हजार ६३ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म एक लाख ७५ हजार ७२२ मतगणना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा एक लाख ९० हजार मत खसेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण