यी हुन् बर्दियाका छ स्थानीय तहमा प्रमुख दलबाट बनेका उम्मेदवार
शुक्रबार, १२ जेठ २०७४, २१ : १२
मेनका चौधरी
गुलरिया (बर्दिया), जेठ १२ –यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
छ नगरपालिका र दुई गाउँपालिका गरी आठ स्थानीय तह रहेको बर्दियामा नेपाली कांँग्रेसले दुई नगरपालिकाबाहेक सबैमा उम्मेदवार छनोट गरेको जिल्ला सभापति सञ्जय गौतमले जानकारी दिनुभयो । दुई वटामा यही जेठ १४ गतेसम्म टुङ्गो लाग्ने बताइएको छ । यसैगरी नेकपा (एमाले) ले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष र सदस्य गरी सबै उम्मेदवार टुङ्गो लगाएको एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी नेकपा(माओवादी केन्द्र) ले लामो समयको छलफलपछि राजापुर नगरपालिकाबाहेक अरु सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।
त्यस्तै राप्रपाले सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपा बर्दियाका प्रवक्ता सुशीलकुमार लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आफ्ना उम्मेद्वारको नामावली प्रकाशन गरिएको हो ।
उम्मेदवारको नामावली
काँग्रेस
गुलरिया नगरपालिका प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सुशीला गिरी, बाँसगढी नगरपालिका प्रमुखमा गङ्गाधर पौडेल र उपप्रमुखमा रत्ना थारु, बारबर्दिया नगरपालिका प्रमुखमा पर्शुराम थारु र उपप्रमुखमा कोपिला गिरी, राजापुर नगरपालिका प्रमुखमा दीपकजङ्ग शाह र उपप्रमुखमा तारा चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा जवानसिं केसी र उपाध्यक्षमा हेमा थारु, बढैया गाउँपालिका अध्यक्षमा मानबहादुर बुढा र उपाध्यक्षमा भगनदैया थारु ।
एमाले
गुलरिया नगरपालिका प्रमुखमा हरि ज्ञवाली र उपप्रमुखमा टीका सम्सेली मगर, बाँसगढी नगरपालिका प्रमुखमा शालिकराम अधिकारी र उपप्रमुखमा सुष्मा चौधरी, ठाकुरबाबा नगरपालिका प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराई, मधुवन नगरपालिका प्रमुखमा दुर्गाबहादुर वली र उपप्रमुखमा हिरा चौधरी, बारबर्दिया नगरपालिका प्रमुखमा रामबहादुर चौधरी र उपप्रमुखमा पुष्पा वली, राजापुर नगरपालिका प्रमुखमा पहाडी थारु र उपप्रमुखमा कृष्णी चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा नुतनकुमार चौधरी र उपाध्यक्षमा मञ्जु शर्मा, बढैया गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा गौतम ।
माओवादी केन्द्र
गुलरिया नगरपालिका प्रमुखमा गेहेन्द्र ढकाल र उपप्रमुखमा मिथिला फुयाँल, बाँसगढी नगरपालिका प्रमुखमा बिनाराम थारु र उपप्रमुखमा भूमि विक, ठाकुरबाबा नगरपालिका प्रमुखमा नेत्रराज आचार्य र उपप्रमुखमा कृष्ण कुष्माथारु, मधुवन नगरपालिका प्रमुखमा गणेश केसी र उपप्रमुखमा सुगरानी थारु, बारबर्दिया नगरपालिका प्रमुखमा दुर्गाबहादुर थारु र उपप्रमुखमा अञ्जु दहित, गेरुवा गाउँपालिका अध्यक्षमा बेहगराज चौधरी, र उपाध्यक्षमा लीला थारु, बढैया गाउँपालिका अध्यक्षमा लल्लुराम थारु र उपाध्यक्षमा राधा आचार्य ।
राप्रपा
गुलरिया नगरपालिका प्रमुखमा मनोजकुमार बर्मा, मधुवन नगरपालिका प्रमुखमा नरेशजङ्ग शाह र उपप्रमुखमा शारता सिंह, राजापुर नगरपालिका प्रमुखमा जीवराज रेग्मी र उपप्रमुखमा रामकली थारु, ठाकुरबाबा नगरपालिका प्रमुखमा श्रीराम थारु र उपप्रमुखमा अमृता खड्का, बारबर्दिया नगरपालिका प्रमुखमा हरिश्चन्द्र शाह र उपप्रमुखमा उपप्रमुखमा जयन्ती विष्ट, बाँसगढी नगरपालिका प्रमुखमा रामचरण चौधरी र उपप्रमुखमा धनादेवी थापा, गेरुवा गाउँपालिका अध्यक्षमा टेकलाल थारु र उपाध्यक्षमा सरस्वती चौधरी, बढैयाताल गाँउपालिका अध्यक्षमा कलबहादुर हमाल र उपप्रमुखमा सीता पौडेल । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण